बन्गाडमा चेतना सहकारीद्वारा १ दिने निःशुल्क आँखा शिविर


सल्यानमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वन्गाडकुपिण्डे नगरपालीका ५ मुलखोलामा रहेको बाँझकोट स्वास्थ्यचौकीमा भएको शिविरमा १९३ जनाको निःशुल्क चेक जाँच गरिएको छ । शिविरमा ७७ जना पुरुष र ११६ जना महिलाले सुविधा लिएका छन ।

उनिहरु मध्ये २५ जना मोतिविन्दु भएका, २ जना आँसुनलीको अप्रेशन गर्नुपर्ने र अन्य आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा प्रयोग गर्नुपर्नेलाई आँखाको जाँच गरिनुका साथै निःशुल्क औषधी वितरण पनि गरिएको हो । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र सितलपाटी सल्यानको आयोजना तथा चेतना सामाजिक उद्यमी सहकारी सस्था लि. सदस्यता सेवा केन्द्र सल्लीबजारको स्थानिय व्यवस्थापनमा सम्पन्न भएको हो ।७ वर्षदेखी सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको चेतना सामजिक उद्यमी सहकारी सस्थाले विपन्न वर्गहरुको जिवन स्तर उकास्न सामाजमा उल्लेखनीय योगदान पु¥याउदै आईरहेको छ । शिविरमा बन्गाड कुपिण्डे नगरपालिका ५ का वडाध्यक्ष कमल वि.क.को अध्यक्षतामा भएको शिविरको सहजिकरण संस्थाका कार्यकारी प्रमुख धन बहादुर नेपालीले गरेका थिए ।  कोषाध्यक्ष प्रेमा बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वडा अध्यक्ष विकले आँखा भनेको मानिसको महत्वपूर्ण अंग भएकाले यसको सुरक्षा तथा चेकजाँच गरिरहनुपर्ने भन्दै सहकारी तथा आँखा उपचार केन्द्रलाई धन्यवाद दिएका थिए ।

आँखाको अप्रेशनका लागि चैत्र १२ र १३ गते देवस्थल स्वास्थ्य चौकीमा शिविर बस्ने नेपाल नेत्र ज्योति संघ सल्यान आँखा उपचार केन्द्र शितलपाटीले जनाएको छ । आँखाका विरामीलाई आँखा उपचार केन्द्र शितलपाटीका प्रमुख पदम राज पन्त र सुनसरा वस्नेतले चेक जाँच गरेका थिए । शिविरमा सहकारीका अध्यक्ष फत्तेजंग घर्ती, सचिव पार्वती नेपाली, वरिष्ठ प्रबन्धक विमला सेजवाल यरी लगायत सहकारीका पदाधिकारी तथा कर्मचारीले व्यवस्थापना सहयोग गरेका थिए ।