काठमाडौं : सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य ‘मर्ज’ गर्ने तयारी गरेको छ।
भूमी व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्यक्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली बनाउन लागिएको जानकारी दिएका हुन।
मंगलबार नेपाल सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको सचिव मैनालीले एउटै विषय र क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका सहकारी संस्थाहरूलाई पनि मर्ज हुने गरी नियमावली बनाउने तयारी गरिएको जानकारी दिए।
सहकारी संस्थाहरूको संख्या बढिरहेका बेला सरकारले त्यसलाई नियमन गर्न ‘मर्जर’ अभियानलाई अघि बढाउन लागेको हो। सचिव मैनालीले वडा स्तरमा, स्थानीय तहको स्तरमा र प्रदेश स्तरमा सहकारी संस्थाहरूको मर्ज हुने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारेका हुन।
सरकारले सहकारी मर्जर सम्बन्धि नयाँ बनाउन लागेको नियमावलीमा २०४९ साल जेठ २ गते अघिका साझा सहकारी संस्थाहरूलाई भने मर्ज नगर्ने प्रस्ताव पनि गरिएको छ।
सचिव मैनालीले सहकारी संस्थाहरूलाई व्यवस्थित बनाउन सरकारले आवश्यक ऐन, नियम, नियमावली बनाउने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारेका थिए।