मेरो जिवन सुरक्षा वचत


चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका ३ सल्यान सामाजिक क्षेत्र, सामाजिक उद्यमि, लघु वित्त, लघु उद्यम, वचत तथा ऋणको क्षेत्रमा र सामाजिक रुपान्तरणको काममा २०६८ साल देखी कृयाशिल रही गरिवी न्युनिकरणमा १० हजार भन्दा वढि शेयर सदस्यहरु लाई टेवा पुर्याउदै आएको छ । २०७५ पौष १ देखी लागुहुने गरी चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. को संचालक समितीको वैठकको निर्णय वाट मेरो जीवन सुरक्षा वचत संकलन तथा परिचालन कार्यविधि पारीत गरी यो वचत कार्यक्रम लागु गरीएको छ । मानव जीवनमा मृत्यु एउटा सत्य हो, जसलाई टारेर टार्न सकिदैन तर मृत्युको कारण प्राकृतिक र अप्राकृतिक जुनसुकै हुन सक्दछ उमेर पुगेर हुने मृत्यु प्राकृतिक हो भने रोग वा दुर्घटना वाट हुने मृत्यु अप्राकृतिक हो । मानिस जन्मिए पछी एकदिन मृत्यु हुन्छ, र आफु मरेर गएपनि मानिसले आफु र आफनो सन्ततीको लागि केही गर्नुपर्दछ । मानिसको मृत्युपछि पनि घरपरिवारले मृत्यु भएको व्यक्तिको लागि धेरै खर्च गर्नुपर्ने हुन्छ र त्यसका लागि धनिमानी व्यक्तिहरुले त खर्च गर्न सक्छन् तर गरीव तथा विपन्न वर्गका व्यक्तिहरुले साहुमहाजन वाट चर्काे व्याजमा ऋण लिएर खर्च गर्नुपरेको हुन्छ त्यसैले हामी मरेपछि उल्टो घर परिवारलाई ऋण लगाएर मर्छौ ,घर परिवारमा ऋण माथि ऋण थप्दा झन गरिवी माथि गरिवी थपेर हामी संसार वाट विदा हुन्छौ त्यसकारण अव चेतना सामाजिक उद्यमि सहकारी संस्था लिमिटेडमा आदद्ध शेयर सदस्यहरुको मृत्यु हदाँ घर परिवारले साहु महाजन वाट चर्काे व्याज लिई खर्च गर्न नपरोस र गरीव झन गरीव वन्न नपरोस र घरपरिवारको आर्थिक भारमा झन वढी वृद्धि नहोस भन्ने हेतुका साथ मेरो जिवन सुरक्षा वचत संकलन तथा परिचान कार्यक्रम संचालन गर्न लागेको हो । यस कार्यक्रम अन्र्तगत प्रत्येक शेयर सदस्यहरुको संस्थामा एउटा छुट्टै मेरो जिवन सुरक्षा वचत भन्ने खाता खोलिनेछ र त्यस खातामा सदस्यले एकमुष्ठ रुपमा रु २५,०००।– अक्षेरेपी पच्चिस हजार रुपैया एक पटक मात्र अनिवार्य वचत गर्नुपर्नेछ, सदस्यलाई वचत गरेवापत सदस्य वाचुन्जेल रु ३४०,०००।– अक्षेरेपी तिनलाख चालिस हजार वरावरको विमा कम्पनि सँग म्यादी विमा गरीनेछ र यस कार्यक्रमममा सहभागी शेयर सदस्यको मृत्युहुदाँ मृत्यु भएको १३ दिन भित्र सदस्यले मेरो जिवन सुरक्षा वचत वापत जम्मा गरेको रु २५,०००।– र जि. आ. सुविधा वापत रु ३,०००।– गरी एकमुष्ठ जम्मा रु २८,०००।– अक्षेरेपी अट्ठाइस हजार रुपैयामात्र घर परिवार लाई भुक्तानी गरीनेछ र आवश्यक कागजात पुरागरी प्रकृया पुर्याई नियमानुशार रु ३४०,०००।– अक्षेरेपी तिन लाख चालिस हजार घर परिवार लाई म्यादी जिवन विमा वापत उपलव्ध गराइनेछ ।
१.वचतको नामस्( मेरो जिवन सुरक्षा वचत
२.निर्णय भएको मितीस्(२०७५÷८÷२९ गते
३.कार्य विधि लागु हुने मितीस्( २०७५÷०९÷०१ गते
४.यसमा संलग्न व्यक्तिस्( सवै शेयर सदस्य
५.प्रवेश उमेर कम्तिमा १६ वर्ष र वढीमा ६५ वर्ष सम्म, उमेर ६५ वर्ष वाट म्यादी विमा गरेमा म्यादी विमा समाप्ति हुने उमेर ७० वर्ष
मेरो जिवन सुरक्षा वचतको उद्देश्य
१.शेयर सदस्य वाट रु २५,०००।– मात्र मेरो जिवन सुरक्षा वचत वापत संकलन गर्ने ।
२.शेयर सदस्यहरुको रु ३४०,०००।– वरावरको म्यादी विमा गर्ने ।
३. संस्था वाट शेयर सदस्यहरुले ऋण लिदा रु. ३००,०००।– अक्षरुपी तिन लाख सम्मको म्यादी विमा गर्नु नपर्ने र रु ३००,०००।– सम्म ऋण लिदाँ म्यादी विमा वापत कटौती हुने १% रकम रु ३,०००।– कटौती गर्नु नपर्ने ।
४. सदस्यको मृत्यु हुदा मृत्यु भएको १३ दिन भित्र सदस्यले मेरो जिवन सुरक्षा वचत वापत जम्मा गरेको रु २५,०००।– र जि.आ. सुविधा वापत रु ३,०००।– गरी जम्मा रु २८०,००।– अक्षरुपी अट्ठाइस हजार रुपैया मात्र घर परिवार लाई एक मुष्ठ भुक्तानी गरीने ।
५.सदस्यको मृत्यु भएमा घर परिवार लाई निम्नानुसार रु. ३४०,०००।– अक्षरुपी तीन लाख चालीस हजार रुपैयाँ मात्र म्यादी विमा वापत भुक्तानी हुने रकमा नेपाल सरकारको नियमानुसार कर कट्टी उपलव्ध गराइने छ ।
पैसा छैन भने पनि चिन्ता नलिनुहोस ।
मानिस जन्मे पछी एकदिन त मृत्यू अवश्य हुन्छ ,र हाम्रो मृत्यू पश्चात घरपरिवार र सन्नतीका लागि केही छाडेर जानुपर्दछ जस्ले गर्दा हाम्रो घर परिवारले हामी मरेर जादाँ पनि हाम्रो लागि केही गरेर जानुभयो भनेर आत्मसाथ गरुन् त्यसकारण चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.ले मेरो जिवन सुरक्षा वचत कार्यक्रम सम्पुर्ण शेयर सदस्यहरु लाई लक्षित गरी वनाएको छ । यस कार्यक्रम वाट सवै शेयर सदस्यहरुका घर परिवार लाभाम्वित हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो त्यसैले तपाईसँग पैसा छैन भने पनि चिन्ता नलिनुहोस ,हामी तपाईलाई वार्षिक सयकडा १२ प्रतिशत व्याजका दरले रु २५,०००र( अक्षरुपी पच्चिस हजार रुपैया मात्र ऋण रकम दिनेछौ यसमा नत निवेदन शुल्क लाग्नेछ , नत सेवा शुल्कनै लाग्नेछ तपाइले यसलाई तपाईको इच्छा अनुशार १२ देखी १८ किस्तामा किस्तावन्दि रुपमा भुक्तानी गर्न सक्नुहुनेछ । त्यसैले तपाईसँग पैसा छैन भने पनि चिन्ता नलिनुहोस चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.ले तपाइलाई यस कार्यक्रमका लागि पैसा दिनेछ ढुक्क रहनुहोस ।
यस योजना सम्वन्धि थप जानकारीका लागि चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.र नजिकैको सदस्यता सेवा केन्द्रमा सम्पर्क गर्नुहोला । साथै सो जानकारीको लागि चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका ३ सल्यानको सम्पर्क नं.०८८(५२०३५३,९८५७८४४४६६ मा सम्पर्क गर्नुहुन वा संस्थाको ध्भदकष्तभ स्(धधध।अजभतबलबअययउ।अयm।लउ मा जानकारी लिनुहोला ।