ऋण असुली नियमावली

चेतना समाजिक उद्यमी सहकारी संस्था लिचेतना समाजिक उद्यमी सहकारी संस्था लि

शा.न.पा.३ खलंगा सल्यान

ऋण असुली नियमावली २०७४

चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका ३ सल्यानको विनियम २०६८ को परिच्छेद ५ को दफा बमोजिम संचालक समितिले ऋण असुली नीति २०७४ लाई परिमार्जन गरी देहाय बमोजिम ऋण असुली गर्ने नियमहरु तयार गरेको छ ।१. संक्षिप्त नाम र प्रारम्भक. यस नियमावली को नाम “ऋण असुली नियमावली २०७४” रहेको छ ।ख. यो नियमावली चेतना सामाजिक उद्यमी सहकारी संस्था लि को साधारण सभाले अनुमोदन गरेका मिति देखी लागू हुनेछ ।२. परिभाषाविषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस नियममा,२.१ “ऐन कानुन मापदण्ड” भन्नाले सहकारी ऐन २०४८ सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ तथा सम्बन्धीत ऐन कानून लाई सम्झनु पर्छ ।२.२ “संस्था” भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्था लि लाई सम्झनुपर्छ ।२.३ “नियम” भन्नाले कर्जा लगानी तथा असुली नियमावली २०७४ लाई सम्झनुपर्नेछ । २.४ “सहकारी विभाग” भन्नाले सहकारी संस्था दर्ता निकाय तथा नेपाल सरकारको सहकारी    विभाग समेतलाई सम्झनुपर्नेछ । २.५ “समिति” भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्था लि. को सञ्चालक समिति भन्ने सम्झनुपर्नेछ । २.६ “सञ्चालक” भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्था लि. को संचालक समिति सदस्यहरुलाई सम्झनुपर्दछ  र यो शब्दले समितिको अध्यक्ष्ँलाई समेत बुझाउनेछ । २.७ “अध्यक्ष” भन्नाले सञ्चालक समितिको अध्यक्षलाई सम्झनुपर्नेछ । २.८ ऋण उपसमिति भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्था लि. गठन गरेको ऋण    उपसमिति सम्झनुपर्नेछ । २.९ कर्मचारी भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्थाले नियुक्ति पत्र दिई संस्थाको  कुनै पनि पदमा कार्यरत रहेको व्यक्ति सम्झनुपर्दछ ।  २.१०. ऋण भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्था लि. ले ऋण व्यवस्थापन निती २०७४ अनुसारको प्रक्रिया पु¥याई लगानी भएको नगद जिन्सी सरसमान मेसिन औजार पाटपूर्जा एवं       सवारी साधनलाई जनाउ“दछ ।२.११ धितो भन्नाले चेतना सामाजिक उद्यमी सहकारी संस्था लि. बाट कर्जा लिनको लागि जमानत     स्वरुप राखिने चल अचल सम्पतिको प्रमाण कागजलाई सम्झनुपर्दछ ।२.१२ लिखत भन्नाले सहकारी संस्थाबाट कर्जा लिने सदस्यलाई स्वयं वा कुनै व्यक्ति वा समूह वा     कम्पनीले संस्थालाई गरिदिने लिखत तमसुक जमानत वा धन जमानी सम्बन्धी कागजात     आदिलाई जनाउ“दछ ।२.१३  ऋण असुली भन्नाले सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुवाट गरीने असुली लाई ऋण     असुली जनाउनेछ ।२.१४ भाखा नाघेको ऋण भन्नाले सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले लिएको ऋण संस्था वाट     तोकिएको समयमा नवुझाएको रकम लाई भाखा नाघेको ऋण भनिनेछ । ३.   उद्देश्य र कर्जा लगानी तथा असुली गर्ने कार्यविधीःसंस्थाको असुली कार्य व्यवस्थीत रुपमा संचालन गर्ने गराउने र कर्जा लिने सदस्य र संस्थाको व्यवस्थापन लाई स्पष्ट दिशा निर्देश गर्न गराउन देहाय अनुसारको ऋण असुली गर्ने कार्यविधी लागू गरेको छ । यस कार्यविधीलाई आवश्यकता अनुसार संचालक समितिले निर्णय गरी परिमार्जन गर्न सक्ने छ ।
परिच्छेद १ऋण असुली प्रकिया
१.१ ऋण लगानी गरेको बखतमा संस्थाले ऋणी सदस्यलाई ऋण भूक्तानी तालिका प्रदान गर्नेछ ।१.२ ऋणको भाखा नाघ्नु १ हप्ता अगाडि ऋण विभागवाट ऋणीलाई विभिन्न माध्यमवाट (टेलिफोन, इमेल, पत्र आदि) जानकारी गराइनेछ ।१.३ ऋण असुली कार्यलाई व्यवस्थित गर्न ऋण विभागले संस्थाको ऋण असुली कार्यविधी तयार पारी लागु गर्नेछ १.४ भाखा नाघेको ऋण ब्यवस्थापन१.४.१ भाखा नाघेको ऋणको गणनाः१.४.१.१ ऋणको तमसुक र भुक्तानी तालिका अनुसार तोकिएको समयसीमा भित्र ऋणको किस्ता, ब्याज र साँवा भुक्तानी नगरेको देहाय बमोजिमका अवस्थामा ऋणलाई भाखा नाघेको ऋणको रुपमा गणना गरिनेछ ।१.४.१.२ संस्थालाई तिर्नुपर्ने किस्ता रकम तोकिएको समयमा प्राप्त नभएमा बाँकी साँवा रकमलाई नै भाखा नाघेको ऋणको रुपमा गणना गरिनेछ । १.४.१.३ संस्थालाई तिर्नुपर्ने ब्याज रकम तोकिएको समयमा प्राप्त नभएमा ऋणको साँवा रकम पूरैलाई भाखा नाघेको ऋणको रुपमा गणना गरिनेछ ।१.४.१.४ भाखा नाघेको ऋणको गणना प्रत्येक महिनाको मसान्तमा गरिनेछ । १.४.२ म्याद थप र भाखा संशोधन  देहायको अवस्थामा ऋणको साँवा तोकिएको समयभित्र बुझाउन नसक्ने उचित कारण देखाई  १५ दिन अगावै निवेदन गरेमा ऋण स्वीकृत गर्ने निकायले ऋणी सदस्यको अवस्था विश्लेषण गरी म्याद थप गर्न सक्नेछ । यसरी म्याद थप गर्दा थप अवधिको नयां तमसुक बनाउनु पर्नेछ ।देहाय १.४.२.१ ऋणी सदस्यको मृत्यु भएमा १.४.२.२ कुनै दैविक विपत्ति आगलागी, भुकम्प, बाढीपहिरो आई ऋणीको घर वा व्यवसाय  तहसनहस भएको वा नष्ट भएको अवस्थामा ।१.४.२.३ ऋणी सदस्यलाई अकस्मात कुनै दीर्घ रोग (क्यान्सर, मुटु, किड्नी, एड्स, आदि) लागेमा 
१.५ ऋणको वर्गीकरण   जोखिमको आधारमा ऋणको वर्गिकरण  ः जोखिमको आधारमा ऋणलाई देहाय बमोजिम ३ भागमा विभाजन गरिनेछ ।१.५.१  भाखा ननाघेको ऋण —असल ऋण१.५.२. १ महिना देखि १२ महिना सम्म भाखा नाघेको ऋण — कमसल ऋण१.३.   १२ महिना भन्दा बढी भाखा नाघेको ऋण — खराब ऋण १.६  जोखिम ऋणको व्यवस्थापन  उपरोक्त जोखीमहरुलाई निम्न अनुसार ब्यवस्थापन गरिनेछ ।१.७.१ ऋणमा हुन सक्ने सम्भावित जोखिमलाई न्यून गर्न ऋण लगानीको  (असल ऋण) १         प्रतिशत रकम  मासिक रुपमा खर्च लेखी ऋण सुरक्षण कोषमा दाखिला गरिनेछ ।१.७.२ मासिक रुपमा भाखा नाघेको ऋण गणना गरी देहाय बमोजिम ऋण सुरक्षण कोषको        ब्यवस्था गरिनेछ । (क)  १ महिना देखि १२ महिनासम्म भाखा नाघेको ऋणका लागि ३५% बराबर रकम ।   (ख) १२ महिना भन्दा बढी समय भाखा नाघेको ऋणका लागि १००% बराबर रकम ।१.७.३   मासिक रुपमा ब्याज प्राप्त नभएको ऋणलाई समेत १ दिन देखि १२ महिनासम्म भाखा        नाघेको ऋणको रुपमा गणना गरिनेछ ।१.७.४ ऋण सुरक्षण कोष ब्यवस्था गर्ने क्रममा विनियम बमोजिमको डुबन्त ऋण कोषको कुल          रकमले अपुग भएमा खर्च लेखेर कोषको ब्यवस्था गरिनेछ ।१.७.५  ऋण अपलेखन (चार्ज अफ) नीति तयार गरी भाखा नाघेको २ वर्ष भन्दा बढी भई उठ्नै         नसक्ने अवस्थामा पुगेका ऋणलाई अपलेखन गरिनेछ ।१.७.६ परियोजनाको सुरक्षाको लागि ऋणीलाई अनिवार्य रुपमा संभाव्य विमा गर्न सकिने        परियोजनाको विमा गर्न लगाउनु पर्दछ ।१.८ भाखा नाघेको ऋण असुली तरीका ः ऋणीले चुक्ता गर्नुपर्ने ऋणको भाखा समाप्त भएको साथै तोकिएको समयमा किस्ता वा नियमित ब्याज नतिरेको खण्डमा उक्त ऋण भाखा नाघेको ऋणमा गणना हुनेछ र उक्त भाखा नाघेको ऋण असुलीको लागी संस्थाले देहाय अनुसारको असुली प्रकृया अपनाउनेछ ।१.८.१ भाखा समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अघि ऋणीलाई भाखा नाघ्ने समयको स्मरण गराउन अनुसूची ..... बमोजिमको स्मरण पत्र÷इमेल÷टेलिफोन÷एस.एम.एस पठाईने छ ।१.८.२ भाखा नाघेको ७ दिनभित्र भाखा नाघेको ऋणको सांवा ब्याज चुक्ता गर्न अनुसूची ...... बमोजिमको इमेल÷टेलिफोन÷एस.एम.एस÷ताकेता पत्र बाट ताकेता गरिनेछ ।१.८.३ ऋणीले ताकेता पत्र बुझिलिएको १५ दिन भित्र पनि भुक्तानी नआएमा अनुसूची ..... बमोजिमको दोश्रो ताकेता पत्र पठाईने छ ।१.८.४ उक्त ताकेता पत्रको पनि वेवास्ता गरी भुक्तानी प्राप्त नभएमा ऋणीले उक्त पत्र बुझि लिएको १५ दिन भित्र संस्थालाई भुक्तानी प्राप्त नभएमा अनुसूची .....बमोजिमको तेश्रो पत्रका साथ सचेत गराउनका लागि ऋण विभागवाट ऋणीको घरमा गई ऋणीको प्रतिवद्धता लिईनेछ ।१.८.५ ऋणीले प्रतिवद्धता गरे बमोजिमको (प्रतिवद्धता बढिमा १ महिनाको लागि मात्र स्वीकार्य हुने) अवधि भित्र पनि सांँवा व्याज भुक्तानी नगरेमा सोको १५ दिन भित्र संस्थाको सूचना पाटीमा भाखा नाघेका ऋणीहरुको लिष्टमा व्यवस्थापनले नाम प्रकाशित गर्नेछ ।  १.८.६ संस्थाको सूचना पाटीमा ऋण तिर्नका लागि भाखा नाघेका ऋणीहरुको नाम प्रकाशित गरेको १५ दिनभित्र पनि संस्थालाई भुक्तानी प्राप्त नभएको खण्डमा ऋण विभाग, ऋण उपसमिति तथा संचालक समितिका कम्तिमा १ जना प्रतिनीधिको संयुक्त टोलीले ऋणीलाई ऋण तिर्नका लागि अन्तिम मौका (बढिमा १५ दिन) का साथ चेतावनी (पत्रिकामा ऋण तिर्न आउने सम्बन्धमा सूचनावाट नाम प्रकाशित गर्नका लागि) दिइनेछ ।१.८.७ ऋणको अन्तिम भाखा नाघेको ऋणको हकमा दफा १ देखि ६ सम्मको प्रक्रियाहरु पूरा भईसके पश्चात पनि ऋण असुली नभएमा संचालक समितिको निर्णय अनुसार धितो लिलामी प्रक्रियालाई (धितो लिलाम कार्य विधी अनुसार) अगाडि बढाइनेछ ।१.८.८ भाखा नाघेको तथा नियमित ब्याज र किस्ता नआएको दुवै ऋणलाई भाखा नाघेको ऋणको रुपमा परिभाषित गरिएकोले भाखा नघाउने ऋणी “५ सी” अन्तर्गत ऋणको स्तर मुल्यांकन गर्दा भविष्यमा ऋण लगानीको लागि पूर्ण योग्य नठहरिने भएकोले त्यस्ता ऋणीहरुलाई पुन ऋण विश्लेषण गर्दा स्कोर घटाईनेछ ।१.८.९ बचतको आधारमा लगानी गरिने ऋणको अन्तिम भाखा मिति सम्म पनि ऋण चुक्ता नभएमा स्वत बचतवाट कट्टा गरी ऋण असुल गरिनेछ । यदि बचत वाट  सम्पूर्ण ऋण असुल हुन नसकेमा ऋणीको शेयर तथा एकाघर परिवारको सदस्यको बचत तथा शेयरबाट लिखित जानकारी गराई सिधै रकम कटाई ऋण असुली गरिने छ । यस्तो अवस्थामा संस्थाले आवश्यकता अनुसार सम्बन्धित ऋणी सदस्यहरुलाई जानकारी गराई वा बिना जानकारी समेत उक्त रकम कट्टी गर्न सक्नेछ ।

परिच्छेद २ऋण अपलेखन२.१ ऋण अपलेखन गरिने अवस्था ःकुनैपनि सदस्यले लिएको ऋणको अन्तिम भाखा २ वर्षभन्दा बढी समय नाघ्ने बित्तिकै कर्जा जोखिम कोषमा राखिएको रकमलाई स्वतह ऋण असुली भएको बनाउनुलाइ सामान्यतया ऋण अपलेखन भनेर बुझिनेछ । २.१.१ कुनैपनि सदस्यले लिएको ऋणको अन्तिम भाखा २ वर्षभन्दा बढी समय नाघ्ने बित्तिकै देहायको अवस्थामा उक्त ऋणलाई स्वतः ऋण अपलेखन कार्यविधी अनुसार ऋण अपलेखन गरिनेछ ।२.१.२ प्रचलित कानुन अनुसार ऋणी सदस्य टाट पल्टिएको प्रमाणित भएमा२.१.३ धितो बिक्रिबाट पनि ऋण पुरा चुक्ता नहुने अवस्था भई संस्थाले घाटा ब्यहोर्नु पर्ने अवस्था तथा सदस्यले भविष्यमा बाँकी ऋण चुक्ता गर्ने न्यून सम्भावना रहेको अवस्थामा२.१.४ ऋणीको मृत्यु भैसकेको र संस्थालाई निज ऋणीको जाय जेथा, जमानी बस्ने तथा उसका नजिकका नातेदारबाट ऋण उठ्छ भन्ने पर्याप्त आधार नभएको अवस्थामा२.१.५ ऋणी सदस्य हराईरहेको र संस्थाले अन्तिम भाखा नाघेवाट संस्थावाट अन्तिम सम्पर्क भएको ३० दिन देखी ऋणीसंग सम्पर्क राख्न असमर्थ रहेको अवस्थामा२.१.६ ऋणीको संस्थामा रहेको कुनै पनि खाताबाट रकम सार्दा नपुग भएको अवस्थामा २.१.७ ऋणीले जालसाजी (जमानीको किर्ते हस्ताक्षर, नक्कली लालपुर्जा आदि) गरी ऋण लिएको र ऋण उठ्ने कुनै पनि सम्भावना कम रहेको अवस्थामा२.१.८ भाखा नाघेको ऋण असुलीको लागि संस्थाको प्रचलित ब्यवस्था अनुसारको प्रकृया अवलम्बन गर्दा पनि अन्ततः असुल हुने सम्भावना कम भएको ऋण,२.१.९ ऋणीबाट प्राप्त हुनुपर्ने ऋण रकम साधारण कारवाहीवाट असुल गर्न नसकिने भई असुली प्रक्रिया अगाडि बढाउँदा संस्थाले प्राप्त गर्ने रकमको तुलनामा बढी खर्च लाग्ने देखिएको अवस्थामा,२.१.१० प्राकृतिक प्रकोप, आकस्मिक दुर्घटना वा ऋणीको कावु बाहिरको परिस्थितिका कारण यथेष्ट प्रमाणका आधारमा ऋण उठ्न सक्ने सम्भावना कम देखिएको अवस्थामा, तर माथीको बाहेकको हकमा भने कुनैपनि सदस्यले लिएको ऋणको अन्तिम भाखा २ वर्षभन्दा बढी समय नाघ्ने बित्तिकै उक्त ऋणलाई स्वतः ऋण अपलेखन कार्यविधी अनुसार ऋण अपलेखन गरिनेछ ।२.२ अपलेखन प्रक्रिया२.२.१ हरेक महिना संस्थाको व्यवस्थापनले अपलेखन गर्नुपर्ने ऋणको तथा अपलेखन गरिने ऋणीको सहकारीमा रहेको बचत तथा शेयरको लिखित प्रतिवेदन तयार गरि संचालक समितिमा भाखा नाघेको ऋणको अपलेखन गर्नको लागि सिफारिश गर्नेछ ।२.२.२ अपलेखन गर्नु पर्ने भाखा नाघेको ऋण र सोसंग सम्बन्धित हरेक लेखा खाताहरु ऋण उपसमितिले समीक्षा गर्नेछ जुन प्रतिवेदनलाई नियमित मासिक रुपमा संचालक समिति समक्ष प्राथमिकता साथ पेश गरिनेछ  ।२.२.३ ऋण अपलेखन गर्ने निर्णय संचालक समितिको बैठकले गर्नेछ । अपलेखन गरिने ऋण तथा ऋणीको संस्थामा रहेको बचत तथा शेयरको विवरणहरु बैठकको निर्णयमा संलग्न गरिनेछ । २.३ अपलेखन सम्बन्धि अन्य प्रक्रिया२.३.१ ऋण विभागको कर्मचारीले कानूनी रुपमा सार्न मिल्ने ऋणीको वचत तथा शेयर ऋण असुलीका लागि सार्न सक्नेछन र लेखा फांँटलाई अपलेखनका लागि सिफारिश गरिनेछ ।२.३.२ उक्त ऋणी सदस्यले नियतवश ऋण नतिरी संस्थालाई नोक्सानीमा पु¥याउन खोजेको ठहर भएमा सो सदस्यलाई सहकारीका विविध सेवावाट वन्चित गराईनेछ ।२.३.३  संस्थाको लेखा सुपरिवेक्षण समितिले सम्पूर्ण नयांँ अपलेखन ऋणहरुको अपलेखन लेखा र गैर वासलात सूची (इाा दबबिलअभ कजभभत० रेकर्ड (कालो सूँचीको खाता) को समीक्षा गर्नु पर्नेछ ।२.३.४ ऋण विभागले भाखा नाघेको तथा अपलेखन गरिएको ऋणको रेकर्ड ब्यवस्थापन गर्नेछ । अपलेखन गरिएको ऋणको विस्तृत विवरण सहितको प्रतिवेदन संचालक समितिको बैठकमा मासिक रुपमा पेश गर्नेछ ।२.३.५ ऋण विभागले संस्थामा रहेका भाखा नाघेको र अपलेखन गरेको ऋणसंग सम्बन्धित अन्य लेखा तथा रेकर्डहरुको कर्मचारी बैठकमा समेत समीक्षा गर्नु पर्नेछ ।२.३.६ अपलेखन गरिएका ऋणहरुको विवरण आफू आवद्ध भएको माथिल्लो संघहरुलाई पठाइनेछ र त्यसको वोधार्थ सम्वन्धित डिभिजन सहकारी कार्यालयलाई पनि दिईनेछ ।२.३.७ अपलेखन गरेको ऋण पूर्ण रुपमा भुक्तानी गरेमा संस्थाले रोक्का गरेको शेयर तथा बचत  खाता फुकुवा गरिनेछ ।२.४ अपलेखन गरिसकेपछिको कार्य (क्रियाकलाप)२.४.१  अपलेखन गरेको ऋणलाई संस्थाको वित्तिय विवरण (वासलात) मा उल्लेख गरिदैन । अपलेखन गरिएको ऋण (टाट पल्टिएको वाहेक) लाई  असुल गर्नका लागि संस्थाको तर्फवाट ऋणी संग अझ बढि भेटघाट, ताकेता, कडा कारवाही अगाडि बढाईनेछ । कुनै असुली एजेन्सी, असुली न्यायाधिकरण वा संस्थाको न्यायिक अंग÷कानून व्यवसायीलाई उठाउनको लागि जिम्मा समेत लगाउन सकिनेछ ।  अपलेखन गरिएको ऋणबाट प्राप्त आम्दानी ः२.४.२ अपलेखन गरिएको ऋण असुल भएमा उक्त ऋणबाट (साँंवा, व्याज, हर्जनासमेत) प्राप्त रकमलाई आम्दानी जनाइनेछ ।२.५ सेवावाट वञ्चित  २.५.१ ऋण अपलेखन गरिएका ऋणीहरुलाई संस्थावाट प्रदान गरिने सम्पूर्ण सेवावाट बन्चित गरिनेछ ।२.५.२ चालु वर्षमा अपलेखन गरिएका ऋणहरुको विवरण समावेश गरी वार्षिक लेखा परीक्षण प्रतिवेदनमा अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ । २.६ ऋण अपलेखनको रेकर्ड राख्नु पर्ने ः२.६.१ अपलेखन गरिएको ऋणको अभिलेख राख्न छुट्टै एक ऋण अपलेखन अभिलेख पुस्तिकाको ब्यवस्था गरी अद्यावधिक रुपमा अभिलेख राखिनेछ ।२.६.२ प्रत्येक ऋण अपलेखन गर्दा सिरियल नम्बर कायम गरिनेछ ।२.६.३ ऋण अपलेखन पुस्तिकामा अनुसूची ..... बमोजिमका विवरणहरु अनिवार्य रुपमा राखिनेछ । २.६.३.१ ऋण रकम र सोको ब्याज, २.६.३.२ ऋण अपलेखन गरिएको मिति, २.६.३.३ समितिको वैठक संख्या र निर्णय नं., २.६.३.४ ऋणको लागि लिइएका सुरक्षणको विवरण, २.६.३.५ ऋणको स्वीकृतीको लागि सिफारिश कर्ताहरुको विवरण, २.६.३.६ ऋण स्वीकृत गर्ने पदाधिकारीहरुको नाम, २.६.३.७ ऋण असुलीका लागि सम्बन्धित कार्यालयबाट भए गरेका सम्पूर्ण काम कारवाहीको विवरण, २.६.३ ८ ऋण असुल गर्न ऋणीसंग कुनै प्रकार सहमति भएको भए सोको व्यहोरा, २.६.३.९ ऋण अपलेखन गर्नु पर्ने औचित्य,२.६.४ ऋण अपलेखन गर्दा ब्यवस्था गरिएको ऋण जोखिम ब्यवस्था कोष खर्च लेखी गरिनेछ । यदि ऋण जोखिम कोष ब्यवस्था नभएको अवस्थामा वा कम भएको अवस्थामा नाफा÷नोक्सान हिसाबमा खर्च लेखी ऋण अपलेखन गरिनेछ ।२.७. अपलेखन गरिएका ऋणको असुली ः२.७.१ अपलेखन गरिएका ऋणहरु उपर संस्थाको दावी कायमै रहने हुँदा असुलीका लागि संस्थाले लिएको धितो, ऋणीको अन्य जायजेथाबाट लिनु पर्ने रकम असुल उपर गर्ने अधिकार सुरक्षित रहनेछ ।२.७.२ स्वीकृत वार्षिक, अर्धवार्षिक तथा त्रैमासिक कार्ययोजना अनुसार अपलेखित ऋणको असुली भए नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गरिनेछ । अपलेखन भइसकेका ऋणहरुको असुली प्रकृया यस नीति, संस्थाको ऋण नीति, भाखा नाघेको ऋण र असुली नीति तथा अन्य प्रचलित कानूनमा व्यवस्था गरिए बमोजिम गरिनेछ ।२.७.३ अपलेखन गरिएका ऋणहरु असुलीको लागि संचालक समितिले विशेष कार्ययोजना बनाई असुलीको लागि कारवाही अगाडि बढाउनेछ ।२.७.४ ऋण अपलेखन गर्दा विवरणमा उल्लेख गरिएको ब्याज तथा अन्य रकमलाई समेत असुलीको लागि उत्तिकै महत्वकासाथ योजना बनाईनेछ ।२.८. कालो सूचीमा समावेश गरिने ः२.८.१ अपलेखनमा परेका ऋणलाई ऋणीले ऋण भुक्तान नगरेसम्म कालो सूचीमा राखिनेछ  ।२.८.२ ऋणीले ऋण भुक्तानी गरेपश्चात कालो सूचीबाट निजको नाम हटाईनेछ । तर निजलाई कालो सुचीबाट हटाईएको १ वर्षभन्दा अगाडी कुनैपनि ऋणको कारोबार गरिनेछैन ।२.९ गोपनीयता ः२.९.१ ऋण अपलेखनका सम्बन्धमा भए गरेका काम कारवाहीको विवरण गोप्य राखिनेछ र सरोकारवाला (संस्थाको व्यवस्थापन, ऋण उपसमिति, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, डिभिजन सहकारी कार्यालय, माथिल्ला संघहरु) बाहेक अन्यलाई जानकारी दिइने छैन ।२.१० धितो लिलामीको व्यवस्था ः       २.१०.१ संस्थाको खराव ऋण असुल उपर गर्न देहाय बमोजिम धितो लिलाम प्रक्रिया                 अपनाईनेछ ।२.१०.१.१ संस्थाबाट प्रथम र दोस्रो स्मरण पत्र र ३५ दिने ऋण बुझाउन ल्याउनेबारे पत्र पठाइने छ । २.१०.१.२ उक्त मितिभित्र साँवा व्याज नबुझाएमा तीन पुस्ते सहित ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी सोको सम्बन्धित ऋणी तथा धितो जमानत दिने व्यक्तिहरुलाई दिइनेछ । २.१०.१.३ उक्त मिति भित्र पनि नबुझाएमा धितो लिलाम बढाबढ सम्बन्धि तीन पुस्ते, धितोको विवरण, धितो लिलाम बढाबढ हुने स्थान, समय सहित ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी तोकिएको म्यादभित्र पनि रकम नबुझाएमा ३६ औं दिनमा लिलामी बढाबढ गरिने व्यहोराको जानकारी सम्बन्धित ऋणीलाई दिई सहिछाप गराई लिइनेछ । ३६ औं दिनमा धितो लिलामी समितिको रोहवरमा तोकिएको समय र स्थानमा धितो लिलाम बढाबढ गरिनेछ र उक्त सदस्यलाई शेयर सदस्यताबाट निष्काशन गर्न सकिनेछ ।२.१०.१.४ ऋणीले आफ्नो जम्मा भएको बचत रकम धितो राखी ऋण लिएको भएमा त्यस्ता ऋणीले लिएको ऋण असुली गर्न जम्मा भएको शेयर तथा बचत रकमबाट ऋण कट्टा गरी असुली गरिनेछ । २.१०.१.५ सदस्यले आफ्नो बचत रकमको धितो जमानीको आधारमा ऋण उपलब्ध गराएको छ भने त्यस्तो ऋणीले ऋण नतिरेमा जमानी बस्ने सदस्यको शेयर तथा बचत रकमबाट ऋण कट्टा गरी असुल उपर गरिनेछ । २.१०.१.६ हायरपर्चेज ऋणको हकमा ३ किस्ता भन्दा बढि भाखा नाघेमा संस्थाले उक्त यातयात साधन नियन्त्रणमा लिई लिलाम बढाबढ गरी असुल उपर गर्नेछ । २.११. धितो लिलामी प्रक्रिया ः २.११.१ ऋण असुल उपर गर्न संस्थालाई दिएको धितोको हालको अवस्था जाँचबुझ गरी ऋण उप समिति, ऋण लगानी तथा असुली उप समिति र संस्थाका कार्यकारी प्रमुखले अनुसूची ...... अनुसार प्रतिवेदन र अनुसूची .....अनुसार वर्तमान मूल्यांकन प्रतिवेदन पेश गर्नुपर्दछ । २.११.२ ३५ दिने धितो लिलाम बढाबढ सम्बन्धि सार्वजनिक सूचना पठाएको लगत्तै ३६ औं दिनमै धितो लिलामी गर्नुपर्ने भएकोले सूचना प्रकाशित भएको भोलिपल्टनैै  लिलामी उपसमितिको पदाधिकारीलाई लिलामी हुने दिन, स्थान र उपस्थिति सम्वन्धी जानकारी गराउनु पर्नेछ । २.१२. धितो लिलामी उपसमितिको व्यवस्था ः संस्थाबाट ऋण लिई सो साँवा व्याज रकम नतिर्ने शेयर सदस्यबाट संस्थाको रकम असुल उपर गर्न धितो लिलामी विक्री गरी असुल गर्नुपर्ने अवस्थामा निम्न सदस्य पदाधिकारी भएको धितो लिलामी उपसमिति व्यवस्था गरिनेछ ।सदस्यहरु २.१२.१ संस्थाका संचालक समितिका अध्यक्ष           – अध्यक्ष२.१२.२ संस्थाका संचालक समितिका सचिव वा कोषाध्यक्षमध्ये १           – सदस्य२.१२.३ संस्थाका ऋण उपसमितिका संयोजक÷प्रतिनिधि           – सदस्य २.१२.४ कानुनी सल्लाहकार           – सदस्य२.१२.५ कार्यकारी प्रमुख           – सदस्य सचिव प्रतिनिधिहरुः२.१२.६ जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि           – सदस्य २.१२.७ जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि           – सदस्य २.१२.८ जिल्ला मालपोत कार्यालयका प्रतिनिधि            – सदस्य २.१२.९ डिभिजन सहकारी कार्यालयका प्रतिनिधि            – सदस्य२.१२.१० सम्वन्धित नपा÷गाउ पालिका मेयर का अध्यक्ष वा वडाध्यक्ष प्रतिनिधि – सदस्य २.१३. धितो लिलामी समितिको बैठक भत्ता ः  प्रत्येक धितो लिलामी बैठक भत्ता र खाजा खर्च संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार उपलब्ध गराइनेछ ।  २.१४. लिलामी खर्च ः  धितो लिलामी सूचना प्रकाशित गर्दाको खर्च तथा लिलामी सम्वन्धी अन्य सम्पूर्ण खर्च सम्वन्धित ऋणीहरुले नै दामासाहीले बेहोर्नुपर्नेछ । २.१५. पंचकृति मूल्य कायम गर्ने ः धितो लिलामी प्रक्रियाको लागि संस्थाले कम्तीमा एकजना कर्मचारी सहितको टोलीलाई डोर खटाई धितो रहेको सम्बन्धित स्थानमा गई स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको भेला गराई सो धितोको पन्चकृति मूल्य कायम गर्नुपर्नेछ । कायम गरिएको पंचकृति मूल्य माथि उल्लेखित कम्तीमा ५ जना व्यक्तिहरुको साक्षी रोहवरमा दस्तखत गराई अनुसूची ........ बमोमिजको मूचुल्का तयार गरिनेछ । कायम गरिएको पंचकृति मूल्य सरकारी मूल्यभन्दा कम हुनु हुने छैन । उक्त मूचुल्कामा तोकिएको मूल्य नै लिलाम बढाबढको डाक मूल्य कायम हुनेछ ।२.१६. लिलाम बढाबढमा जम्मा गर्नुपर्ने रकम ः २.१७.२. नियम ४.१५.१ अनुुसार सम्पूर्ण रकम बुझाउन नसक्ने भएमा कुल रकमको १०% धरौटी सोही दिनमा दाखिला गर्नेुपर्नेछ र बाँकी रकम ७ (सात) दिनभित्र बुझाउनुपर्नेछ । नबुझाएमा धरौटी रकम जफत गरिनेछ ।२.१७.३ धितो लिलाम बढाबढमा सकार गर्ने सम्वन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ । २.१७.४ सम्वन्धित समूहको कुनै अन्य सदस्यले बढाबढ सकार गर्न चाहेमा र निजसँग धितो सकार गर्न रकम नभएमा संस्थाले ऋण उपलब्ध गराएर पनि धितो सकार गर्न मद्दत पु¥याउनेछ ।२.१८. धितो संस्थाले सकार गर्न सक्ने ः  धितो लिलाम बढाबढमा कोही धितो सकार गर्न नआएमा सो लिलाम बढाबढ उपसमितिको रोहवरमा उक्त धितो संस्था आफैले सकार गर्न सक्नेछ । संस्थाले सकार गरेको धितो बोलकबोल वा टेण्डरबाट विक्री गर्न सक्नेछ । २.१९. धितो फिर्ता दिने सम्बन्धि व्यवस्था ः२.१९.१ संस्थाले धितो सकार गरेको खण्डमा ऋणीलाई सकार गरेको सूचना ७ दिनभित्र दिइनेछ र ऋणीले सूचना प्राप्त मितिले १२ दिनभित्र सकार गरेको रकममा संस्थाको ऋणमा कायम अधिकतम ब्याजदरले हुन आउने रकम संस्थालाई बुझाएमा धितो निज वा निजले तोकिएको व्यक्तिलाई फिर्ता दिन सक्नेछ । २.१९.२ ऋणीले घर जग्गा फिर्ता गर्दा मालपोत कार्यालयमा रजिष्ट्रेशन गर्नु परेमा सम्पूर्ण खर्च स्वयं ऋणीले बेहोर्नुपर्नेछ । २.२०. धितो संस्थाको नाममा नामसारी (दाखिला खारेज) गर्नुपर्ने ः संस्थाले सकार गरेको घरजग्गा दा.खा. गरी संस्थाको नाममा नामसारी गरी गैह्र बैकिङ्ग सम्पत्ति हिसावमा राख्नु पर्नेछ । संस्थाको नाममा दर्ता भएको गैह्र बैकिङ्ग सम्पत्ति आवश्यकता हेरी संस्थाले रेखदेख र संरक्षण गर्ने गरी जिम्मा दिई भोग चलन गर्न लगाइनेछ ।२.२१. संस्थाको गैह्र बैंकि सम्पत्ति विक्री गर्ने व्यवस्थाः  २.२१.१. लिलाम सकारबाट संस्थाको स्वामित्वमा आएको घर जग्गा बिक्री संस्थाको आर्थिक प्रशासनिक नियमावली अनुसार बढीमा २ वर्षभित्र बिक्रि गरीसक्नु पर्नेछ 
परिच्छेद ३विविध३.३ बाधा अड्काउ फुकाउने र व्याख्या गर्ने अधिकार ःयस नीतिको कार्यान्वयन गर्ने क्रममा कुनै किसिमको द्विविधा वा वाधा अड्काउ आइपरेमा सोको व्याख्या गर्ने र वाधा अडकाउ फुकाउने अन्तिम अधिकार संचालक समितिलाई हुनेछ ।३.४ स्वतः निष्कृय हुने ःयस नीतिका ब्यवस्थाहरु सहकारी ऐन,सहकारी मापदण्ड २०६८, नियमावली, नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०६३ र सहकारी विधेयक २०७४ ,तथा सो अन्तर्गत बनेका वा जारी गरिएका नियम विनियम वा जारी भएका निर्देशिकाको ब्यवस्थाहरुसंग बाझिएमा बाझिएको हद सम्म स्वतः निष्कृय हुनेछ ।३.५ खारेजी र बचाउ ःयो नीति जारी भएपछि ऋण असुली नीति–२०६८ खारेज हुनेछ । सो नीति अनुरुप हालसम्म भएका काम कारवाहीहरु यसै ऋणनीति अनुरुप भएको मानिनेछ ।
समाप्तसाधारण सभाबाट अनुमोदन भएको मितिः–२०७४÷७÷२७ गते