Notice

यस सहकारी स‌स्थाकाे ८ औँ साधारण सभा तथा तेस्रो अधिबेसनमा सम्पुर्ण शेयर सदस्य ज्युहरुलाई उपस्थीतिकाे लागी पत्र पठाई सकिएकाे छ । यदि कारण बस पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी उपस्थीति भईदिनुहोला ।

धन्यबाद ।

 

कार्यक्रम हुने मिति, स्थान र समय

 

तपशिल

मिति २०७६ साल म‌सिर २७ गते

स्थान खलंगा टुडीखेल बाल मन्दिर

समय बिहान ठिक ११ बजेदेखि

 प्रस्तावना ः 

यस संस्थाका शेयर सदस्यहरूले आफूले आर्जन गरेको आयबाट मितव्ययीताको भावना अभिवृद्धि गरी नियमित रूपमा संस्थामा जम्मा गरिने बचतलाई प्रभावकारी बनाउन र बचतकर्तालाई आफनो बचत सुरक्षित भएको अनुभूति दिलाउन एक बचत नीतिको आवश्यकता महशुस गरी यो बचत नीति २०७४ को तर्जुमा गरी लागू गरिएको छ । १. उद्देश्य ः क) संस्थामा जम्मा हुने बचतलाई नियमित गर्ने । ख) संकलित बचतको सुरक्षा र सदुपयोग गर्ने । ग) बचतकर्ताको हरहिसाव व्यवस्थित र पारदर्शी बनाउने । घ) बचतको किसिम तथा व्याजको दर एकिन गर्ने । ङ) लाभदायी आधारमा खातावही अध्यावधिक गर्ने । च) फजुल खर्चलाई कम गरी बचत गर्नमा प्रेरित गर्ने । छ) बचतको महत्वबारे सदस्य लाई बोध गराउने । २. बचतको किसिम ः संस्थामा निम्न प्रकारका बचत कार्यक्रमहरू सञ्चालन गरिने छन् । जसमा अर्को बचत निती नबन्दा सम्म निम्नलिखित कुनै पनि खाता खोल्दा शुल्क लाग्ने छैन् । तर खाता बन्द गर्दा खाता बन्दी शुल्क रु १००।– लाग्नेछ । सदस्य बन्दा सहकारी कार्यक्रम तर्फ प्रवेश शुल्क २५५, दैनिकी वचत तर्फ रु १००, र लघु वित्त कार्यक्रम तर्फ रु २०÷– एक पटक मात्र प्रबेश शुल्क लाग्नेछ । सहकारी कार्यक्रम तर्फ सम्पुर्ण खाताका पासबुकहरु प्रत्येक महिनाको १० गते भित्र आफै वा संस्था प्रतिनिधि द्धारा कार्यालयमा ल्याएर अनिवार्य चेक गराउनुपर्नेछ । यी खाताहरुको ब्याज समय र बजारको माग अनुसार सञ्चालक समितिको निर्णय बमोजिम परिवर्तन पनि हुन सक्नेछ र संस्थाले उपलब्ध गराएका सेवा सुबिधा हरुको आवश्यक शुल्कहरु बचत खाता बाटै कट्टी गरी संस्थाले असुल गर्नेछ । १) अनिवार्य नियमित मासिक बचत २) स्वेच्छिक बचत क्र.सं. वचतको नाम क्र.सं. वचतको नाम क. साधारण बचत (ऐच्छिक, व्यक्तिगत) ज. ऋण बचत ख. आवाधिक बचत झ. बाल बचत ग. शिक्षा तथा पेन्सन वचत ञ. वृद्ध वृद्धा वचत घ. भविश्य वचत ट. तिर्थ व्रर्त वचत ङ जिवन भविश्य वचत ठ. संचयकोष तथा हितकोष वचत च दैनिक बचत ड. स्वास्थ्य सुरक्षा राहात कोष वचत छ विमा बचत ढ. चाड पर्व वचत (तिज, वडा दशै, दिपावली) 

चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका ३ सल्यान सामाजिक क्षेत्र, सामाजिक उद्यमि, लघु वित्त, लघु उद्यम, वचत तथा ऋणको क्षेत्रमा र सामाजिक रुपान्तरणको काममा २०६८ साल देखी कृयाशिल रही गरीवि न्युनिकरणमा टेवा पुर्याउदै आएको छ । २०७५ पौष १ देखी लागुहुने गरी चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. को संचालक समितीको वैठकको निर्णय वाट मेरो जीवन सुरक्षा वचत संकलन तथा परिचालन कार्यविधि पारीत गरी यो वचत कार्यक्रम लागु गरीएको छ । मानव जीवनमा मृत्यु एउटा सत्य हो, जसलाई टारेर टार्न सकिदैन तर मृत्युको कारण प्राकृतिक र अप्राकृतिक जुनसुकै हुन सक्दछ उमेर पुगेर हुने मृत्यु प्राकृतिक हो भने रोग वा दुर्घटना वाट हुने मृत्यु अप्राकृतिक हो । मानिस जन्मिए पछी एकदिन मृत्यु हुन्छ, र आफु मरेर गएपनि मानिसले आफु र आफनो सन्ततीको लागि केही गर्नुपर्दछ । मानिसको मृत्युपछि पनि घरपरिवारले मृत्यु भएको व्यक्तिको लागि धेरै खर्च गर्नुपर्ने हुन्छ र त्यसका लागि धनिमानी व्यक्तिहरुले त खर्च गर्न सक्छन् तर गरीव तथा विपन्न वर्गका व्यक्तिहरुले साहुमहाजन वाट चर्काे व्याजमा ऋण लिएर खर्च गर्नुपरेको हुन्छ त्यसैले हामी मरेपछि उल्टो घर परिवारलाई ऋण लगाएर मर्छौ ,घर परिवारमा ऋण माथि ऋण थप्दा झन गरिवी माथि गरिवी थपेर हामी संसार वाट विदा हुन्छौ त्यसकारण अव चेतना सामाजिक उद्यमि सहकारी संस्था लिमिटेडमा आदद्ध शेयर सदस्यहरुको मृत्यु हदाँ घर परिवारले साहु महाजन वाट चर्काे व्याज लिई खर्च गर्न नपरोस र गरीव झन गरीव वन्न नपरोस र घरपरिवारको आर्थिक भारमा झन वढी वृद्धि नहोस भन्ने हेतुका साथ मेरो जिवन सुरक्षा वचत संकलन तथा परिचान कार्यक्रम संचालन गर्न लागेको हो । यस कार्यक्रम अन्र्तगत प्रत्येक शेयर सदस्यहरुको संस्थामा एउटा छुट्टै मेरो जिवन सुरक्षा वचत भन्ने खाता खोलिनेछ र त्यस खातामा सदस्यले एकमुष्ठ रुपमा रु २५,०००।– अक्षेरेपी पच्चिस हजार रुपैया एक पटक मात्र अनिवार्य वचत गर्नुपर्नेछ, सदस्यलाई वचत गरेवापत सदस्य वाचुन्जेल रु ३४०,०००।– अक्षेरेपी तिनलाख चालिस हजार वरावरको विमा कम्पनि सँग म्यादी विमा गरीनेछ र यस कार्यक्रमममा सहभागी शेयर सदस्यको मृत्युहुदाँ मृत्यु भएको १३ दिन भित्र सदस्यले मेरो जिवन सुरक्षा वचत वापत जम्मा गरेको रु २५,०००।– र जि. आ. सुविधा वापत रु ३,०००।– गरी एकमुष्ठ जम्मा रु २८,०००।– अक्षेरेपी अट्ठाइस हजार रुपैयामात्र घर परिवार लाई भुक्तानी गरीनेछ र आवश्यक कागजात पुरागरी प्रकृया पुर्याई नियमानुशार रु ३४०,०००।– अक्षेरेपी तिन लाख चालिस हजार घर परिवार लाई म्यादी जिवन विमा वापत उपलव्ध गराइनेछ ।
१.वचतको नामस्( मेरो जिवन सुरक्षा वचत
२.निर्णय भएको मितीस्(२०७५÷८÷२९ गते
३.कार्य विधि लागु हुने मितीस्( २०७५÷०९÷०१ गते
४.यसमा संलग्न व्यक्तिस्( सवै शेयर सदस्य
५.प्रवेश उमेर कम्तिमा १६ वर्ष र वढीमा ६५ वर्ष सम्म, उमेर ६५ वर्ष वाट म्यादी विमा गरेमा म्यादी विमा समाप्ति हुने उमेर ७० वर्ष
मेरो जिवन सुरक्षा वचतको उद्देश्य
१.शेयर सदस्य वाट रु २५,०००।– मात्र मेरो जिवन सुरक्षा वचत वापत संकलन गर्ने ।
२.शेयर सदस्यहरुको रु ३४०,०००।– वरावरको म्यादी विमा गर्ने ।
३. संस्था वाट शेयर सदस्यहरुले ऋण लिदा रु. ३००,०००।– अक्षरुपी तिन लाख सम्मको म्यादी विमा गर्नु नपर्ने र रु ३००,०००।– सम्म ऋण लिदाँ म्यादी विमा वापत कटौती हुने १% रकम रु ३,०००।– कटौती गर्नु नपर्ने ।
४. सदस्यको मृत्यु हुदा मृत्यु भएको १३ दिन भित्र सदस्यले मेरो जिवन सुरक्षा वचत वापत जम्मा गरेको रु २५,०००।– र जि.आ. सुविधा वापत रु ३,०००।– गरी जम्मा रु २८०,००।– अक्षरुपी अट्ठाइस हजार रुपैया मात्र घर परिवार लाई एक मुष्ठ भुक्तानी गरीने ।
५.सदस्यको मृत्यु भएमा घर परिवार लाई निम्नानुसार रु. ३४०,०००।– अक्षरुपी तीन लाख चालीस हजार रुपैयाँ मात्र म्यादी विमा वापत विमा कम्पनीको नियमानुसार उपलव्ध गराइने ।
पैसा छैन भने पनि चिन्ता नलिनुहोस ।
मानिस जन्मे पछी एकदिन त मृत्यू अवश्य हुन्छ ,र हाम्रो मृत्यू पश्चात घरपरिवार र सन्नतीका लागि केही छाडेर जानुपर्दछ जस्ले गर्दा हाम्रो घर परिवारले हामी मरेर जादाँ पनि हाम्रो लागि केही गरेर जानुभयो भनेर आत्मसाथ गरुन् त्यसकारण चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.ले मेरो जिवन सुरक्षा वचत कार्यक्रम सम्पुर्ण शेयर सदस्यहरु लाई लक्षित गरी वनाएको छ । यस कार्यक्रम वाट सवै शेयर सदस्यहरुका घर परिवार लाभाम्वित हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो त्यसैले तपाईसँग पैसा छैन भने पनि चिन्ता नलिनुहोस ,हामी तपाईलाई वार्षिक सयकडा १२ प्रतिशत व्याजका दरले रु २५,०००र( अक्षरुपी पच्चिस हजार रुपैया मात्र ऋण रकम दिनेछौ यसमा नत निवेदन शुल्क लाग्नेछ , नत सेवा शुल्कनै लाग्नेछ तपाइले यसलाई तपाईको इच्छा अनुशार १२ देखी १८ किस्तामा किस्तावन्दि रुपमा भुक्तानी गर्न सक्नुहुनेछ । त्यसैले तपाईसँग पैसा छैन भने पनि चिन्ता नलिनुहोस चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.ले तपाइलाई यस कार्यक्रमका लागि पैसा दिनेछ ढुक्क रहनुहोस ।
यस योजना सम्वन्धि थप जानकारीका लागि चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.र नजिकैको सदस्यता सेवा केन्द्रमा सम्पर्क गर्नुहोला । साथै सो जानकारीको लागि चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका ३ सल्यानको सम्पर्क नं.०८८(५२०३५३,९८५७८४४४६६ मा सम्पर्क गर्नुहुन वा संस्थाको Website :-www.chetanacoop.com.np मा जानकारी लिनुहोला ।
साथै